चितवन / लियो क्लव अफ चितवन सौराहाले बुधबार एक कार्यक्रम गरि चेपाङ्ग भाइ बहिनीहरुलाई न्यानो कपडा वितरण गर्यो ।
लियो क्लव अफ चितवन सौराहाका अध्यक्ष लियो पुजन अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा हेप्पीङ्ग ह्यान्ड सोसाइटी नेपालका सञ्चालक टिकाराम आर्चार्य प्रमुख अथिति रहनु भएको थियो ।
त्यस्तै विशिष्ट अतिथिहरुमा माडी नगरपालिका वडा न ६ का वडा सदस्य देवी आचार्य र अतिथिहरुमा हेप्पीङ्ग ह्यान्ड सोसाइटी नेपालका नारायण पौडेल ,Leo District council 325 B2 नेपालमा डाईरेक्टर लियो आभास अधिकारी , लियो मोनिका वानियाँ , लियो आस्था पाण्डे , लियो संजय पौडेल ,लियो रविन्द्र सापकोटा , लियो सुरेन्द्र पौडेल ,लियो उज्वल अधिकारी , लियो मनिसा पौडेल , लियो सलिना भट्ट रहनु भएको थियो ।
स्व ६३ औं लियो सप्ताहाको दोस्रो दिन Dec 2 को अवसरमा माडि नगरपालिका वडा. न. ६ मा अवस्थित हेप्पीङ्ग ह्यान्ड सोसाइटी नेपाल ( Healping Hand Society Nepal ) मा रहेका ५३ जना चेपाङ्ग भाई बहिनीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम संयोजक सुरेन्द्र पौडेलको संयोजकत्वमा सफलता पूर्वक सम्पन्न भयो ।
























