मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) तपाईँको बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तमभोजन प्राप्त होला साथै धनलाभ पनि रहला।आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला।यो साता बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) अवधीभरी तपाईँको यो साता अनुकूल नै रहनेछ।सुख र आनन्द प्राप्त हुनेछ।वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ।मन प्रसन्न रहला। यो साता व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।
मिथुन(का,कि,कु,घ,ङ,छ,के,को,हा) तपाईँको लागि उक्त अवधीभरी अनुकूल नरहला।तपाईँको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ।आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला।व्यार्थको कार्यमा आफ्नो उर्जा,समय र पैसाको खर्च हुनसक्छ। यो साता अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार व्यवसायमा लाभ प्राप्त होला।धनलाभ होला।उत्तमभोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला।स्त्रीबाट पनि सहयोग मिल्न सक्छ।यो साता कला तथा साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्ला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) कार्यसिद्धि होला,मानसम्मानमा वृद्धि होला।स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारीबाट पनि साथ र हेोसला मिल्ला।तपाईँको कार्यको तारिफ हुनसक्छ।यो साता प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।
कन्या ( टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) तपाईँको लामो दूरीको यात्रा सफल रहनेछ।भाग्यले साथ दिनेछ।यो अवधीमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ।तपाईँको कार्यसिद्धि हुनेछ।उक्त अवधीमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ।यो साता आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
तुला (रा,रि,रू,रे,रो,ता,ति,तु,ते ) स्वास्थ्यको ख्याल राख्नुहोला।मन अशान्त रहनेछ। कष्ट,रोग,घाटा,आकस्मिक संकट आदिको भय रहन्छ। यो साता सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यु)धनलाभ प्राप्त हुनसक्छ।व्यापार व्यवसायमा सन्तुष्टिजनक नतिजा प्राप्त हुनसक्ला।दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ।सुखद यात्रा पनि हुनसक्ला।स्वास्थ्यले साथ देला। यो साता विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे ) मन प्रसन्न रहला।धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त होला।शत्रुमाथी विजय प्राप्त हुनेछ।तर यो समयावधीमा व्यायमा वृद्धि हुनसक्छ। यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
मकर(भो,जा,जि,जु,जे,जो,खा,खि,खु,खे,खो,गा,गी) पढाइ तथा प्रेममा सफलता,मन प्रसन्न रहला ।रचनात्मक तथा कलाकारितामा मन जाला,सन्तानबाट सन्तुष्टि प्राप्त होला। यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,दा) तपाईँको मन अशान्त तथ निराश रहन सक्छ।पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला।यो अवधीभरी कसैसँग विवाद तथा झगडा नगर्नुहोला। यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,चा,चि ) सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ।आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथी विजय प्राप्त हुनेछ। पराक्रममा वृद्धि होला।तपाईँको समय उत्तम सिद्ध हुनेछ भने छोटो दूरीको सुखद यात्रा पनि हुनसक्छ। यो साता आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।





















