- थकाइ कहिल्यै नलाग्ने
मेसिन जस्तो भाको छु ।
बुझ्दैनन् यहाँ कसैले मैले
केके छोडी आको छु ।
बिहान एक पाइला ढिला उठ्दा
धेरै नै क्षती भए जस्तो हुन्छ ।
बचनका ज्वारभाटाले खाना
पकाउँदा होस् या कपडा धुँदा ।
यो मन सँधै रुन्छ
घरबाट बाहिर निस्किए, फर्केर ।
आउँदा हेर्ने नजरनै अर्कै हुन्छ
पराई घरबाट आएको म त,
यहाँ कोहि आफ्नो ठान्दैनन्
कस्ले यो मर्म बुझ्छ ।
घरको व्यवहार देखि अन्य सबै यहि
काँधले धन्दा पनि तैँले के गरिस् भन्छन् ।
सुकुनको निन्द्रा नलिई दिनरात
दौडी रहँदा पनि कोहि पाहुना
आए सबैभन्दा राम्रा उनिहरु बन्छन् ।
आफ्नो हजार सपना थाती राखेर
सायद सबै बुहारी बन्छन् ।
तै पनि तैँले के गरिस् भनि
सवाल सँधै गर्छन् ।
त्यसैले कहिल्यै नथाक्ने
मेसिन जस्तो भाको छु ।
बुझ्दैनन् यहाँ कसैले मैले
केके छोडी आको छु ।।।
बुहारी
बुहारी
"कविता "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















