काठमाडौ / कोभिड–१९ को खोप तयार भएपछि भारतले नेपाललाई प्रदान गर्न तयार रहेको बताएको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीसँगको भेटपछि भारत विश्वको सबैभन्दा धेरै भ्याक्सीन उत्पादन गर्ने मुलुक भएको समेत बताए ।
उनले भने, ‘जब भ्याक्सिन तयार हुन्छ, नेपालको आवश्यकता हाम्रो लागि एक प्राथमिकता हुनेछ ।’ उनले कोरोनाको सम्बन्धमा नेपाल र भारतको बीचमा अझ नजिकको सहकार्य गर्नुपर्ने बताए ।
विगतदेखि अहिलेसम्म कोभिड–१९ लाई नियन्त्रण गर्न विभिन्न सहयोग गरेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।





















