चितवन / नेकपा विप्लव समूहका एकजना चितवनबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेकपा विप्लव समूहको संगठित सक्रिय कार्यकर्ता रत्ननगर नगरपलिका–११ बस्ने प्रकाशचन्द्र ढकाललाई गत आइतबार प्रहरीले पक्राउ गरेको हो ।
गत मंसिर ७ गते विशेष सूचनाको आधारमा जिप्रका चितवनबाट खटिएको प्रहरी टोलीले ढकाललाई भरतपुर महानगरपालिका–६ बुद्धचोकबाट शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरिएको जिप्रका चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए । प्रक्राउ परेका ढकालको साथबाट हंसिया हथौडा अंकित झण्डा थान ३, ‘सातौं पार्टी पुनर्गठन दिवश भव्यरुपमा सफल मनाऔं’ लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताब तथा दस्ताबेज समेत बरामद गरेको पवक्ता थापाले बताए ।
ढकाललाई जिल्ला अदालत चितवनबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















