चितवन / कर कार्यलय चितवनले चितवनमा रहेको नारायणि सामुदायिक अस्पताललाई बढी आएकर तिर्ने करदाताको रुपमा सोमबार एक कार्यक्रम बीच सम्मान गरेको छ ।
कार्यलयले हरेक बर्ष कर दिवसको अबसर पारेर उत्कृट करदातालाई समेत सम्मान पनि गर्दै आएको छ । जसअनुसार आईतबार सो कार्यक्रममा उत्कृष्ट कर्मचारी १ जना र उत्कृष्ट करदातालाई १ जनालाई सम्मान गरेको छ । सम्मानित हुने करदातामा नारायणी सामुदायिक अस्पताल लिमीटेड र कर्मचारीमा कार्यालय सहयोगि गणेश बहादुर बाँनिया रहेका छन् ।
नारायणि सामुदायिक अस्पताललाई बढी आएकर तिर्ने करदाताको रुपमा सम्मान गरीएको हो । कर कार्यलयका अनुसार आर्थिक बर्षमा २०७६/२०७७ मा १ लाख ३६ हजारले सेवा लिएका थिए ,भने चालु आ। व। ०७७/ ०७८ मा १ लाख ४४ हजार करदाताले सेवा लिएका छन् ।
उद्योगी ,करदातालाई कर समन्धित जागरुक बनाउने उदेश्यले आयोजित नवौ कर दिवस चितवनमा पनि मनाईएको छ । कर जागरण अभियान अन्र्तगत करदातामा सचेतना अभिबृद्धि गर्दै करको दायरा बृद्धि गर्ने उदेश्यले कार्य क्रम आयोजना गरीएको हो । आन्तरीक राजस्व कार्यलय चितवनको आयोजनामा आयोजित सप्ताहब्यापि कार्यक्रमको स्वच्छ, पारदर्शि, र प्रबिधीमैत्री कर प्रशासन बिकास समृद्धि र सुशासन भन्ने नाराका साथ गत मंसिर १ गते बाट सुरु गरीएको थियो ।
बिगतका बर्षमा –यालि लगाएतका बिभिन्न कार्यक्रम गर्दै आएकोमा यसबर्ष भने कोरोना कहरका कारण सिमीत श्रोत साधनका साथ सम्पन्न गरीएको छ । बिगतका बर्षहरुमा नवलपुर र चितवन गरी २ वटा जिल्ला सेवा क्षेत्र रहेको आन्तरीक राजस्व कार्यलय चितवनले यस आर्थिक बर्षदेखि चितवनका करदातालाई मात्रै सेवा दिन थालेको छ ।





















