गोरखा / गोरखाको पालुङ्टार नगरपालिका–१ को अन्नपूर्ण जङ्गल क्षेत्रमा केहि दिन यता पानी परेपछि सडकमा रहेको गाडी हिलोमा गाडिएर निकाल्न निक्कै कठिन परेको देखिन्थ्यो। अन्नपूर्ण जङ्गल क्षेत्र हुँदै ठाटिपोखरी सडक जिर्ण अबस्थामा हुदा समेत सम्बन्धित निकायको ध्यान जान नसकेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पालुङ्टार अध्यक्ष विवस चिन्तन(अजय) को बिशेष पहलमा अहिले ग्राबेल हाल्ने काम सम्पन्न भएको छ ।

आध्यक्ष अनको आग्रहमा निर्माण ब्यबसायी बसन्त श्रेष्ठको लगानीमा बाटो निर्माण कार्य सम्पन्न गरिएको हो । अन्नपूर्ण जङ्गल क्षेत्र हुँदै ठाटिपोखरी बजारसम्म भत्किएका खाल्टा खुल्ती पुर्ने काम सम्पन्न भएको बिधार्थी नेता अशोक मरहट्टाले जानकारी दिए। यो सडक २ र ३ बर्ष अगाडी नै पिच भई सक्नु पर्ने हो तर अन्नपूर्ण जङ्गल क्षेत्रमा बनले सालका रुख काट्न नदिएका कारण त्यहाका स्थानियाले दुख पाईरहेका थिए ।
पटक पटक जिल्लाका सरोकारवाला, स्थानीय, स्थानिय तह र प्रशासनिक नियकाले ताकेता गर्दा समेत काम हुन नसकेको यो क्षेत्रमा अहिले पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तर्गत निबेल(नयाँ साघु(पालुङटार (२८ किलोमीटर) टेण्डर भइसकेको छ ।
पछिल्लो समय पालुङटार नगरपालिका र तनहुँको तुरतुरे जोड्ने बेलबृज केहिसमय अगाडिको अबिरल वर्षाका कारणले तनहुँ पट्टिको जिप बगाएसगै आवतजावत बन्द भएकोले अहिले अधिकाश सवारिसाधन यहि बाटो भएर आवतजावत गर्ने गर्छन् ।





















