चितवन / कहिँ कतै कोहिबाट साहारा नभए पछि जिविकोपार्जनको निम्ती अर्काको घरमा काम गर्दै आफु र आफ्नो १४ वर्षिया छोराको जिन्दगी चलालाइरहको अवस्थामा कुनै घरमा काम गर्ने अवस्थामा कपडा सुकाउन जादा उहाँ दुइतला माथीबाट खसेर मेरुदण्ड भाच्चिएको छ। बिनु दाहालले यो कुरा सुनाउनु भयो र यो सुने पछि बिराटनगमा बस्नु भएका राधा कट्टवाल भुजेल सहयोग जुटाउन सुरु गर्नु भयो। शुरु शुरुमा सहयोग कम आए पछि चितवनबाट दुखको साथी अभियानको संयोजक देविका कुवँरले साथ दिनु भयो र उहाँले राधा जी को यो प्रयासको नाम शान्ता अधिकारी बचाउ अभियान राख्नु भयो।
त्यस पछि कमला कुइँकेल र नुवाकोटबाट अम्बिका पौडेल नेपाल जोडिनु भयो। शुरुमा उहाँको सानीमाले सहयोग गर्नु भयो तर आर्थिक चाप पर्न थाले पछि उहाँको साथ पनि पाउन सक्नु भएन।
प्यारालाइसिसको लक्षण देखि सकेको शान्ता अधिकारीले जुन घरमा भाडामा बस्नु हुन्थियो त्यो घरमा बस्न नदिने भएपछि हस्पिटल बाट डिस्चार्ज गरेर कहाँ लैजाने धेरै अन्योलमा सबै साथीहरु पर्नु भयो। भनि बिनु दाहालले जानकारी दिनु भयो।
राधा कट्वाल र बिनु दाहाल सहयोग संकलित रकम हस्तान्तरण गर्न जाँदा त्यो दृश्यले उहाँहरुलाई पनि भावुक बनायो। सामाजसेवी इन्द्र श्रेष्ठ र शान्ता श्रेष्ठ ज्युले डाक्टर सँग सबै कुरा बुझेर उहाँको उपचारमा धेरै नै छुट गर्न बिर्ता सिटी हस्पिटलमा अनुरोध गर्नु भयो र छुट पनि भयो र उहाँलाइ बस्नको लागि शान्ता अधिकारी दिदि ठुलो बा पर्नेकोमा बल्लतल्ल व्यवस्था मिलाई, उहाँको घाउमा ड्रेसिङ गर्ने स्वस्थ्य कर्मिको व्यवस्था मिलाइएको छ।
शान्ता अधिकारी बचाउ अभियान निरन्तर चलि रहनेछ ।हिजो बिहीबारको दिन सम्म रु।३६५०५।( रकम उठेको रकम हस्तान्तरण गरिएको छ।
कृपया हुन्जेल आफान्त हो , सकिएपछि कोहि बोल्न परेको कुरा हेर्न पनि चाहनन् यो कुरा प्रष्ट भैसको सबैले सहयोग गरेर १४ वर्षको बाबुलाई हौसला प्रदान गर्न दुखको साथि अभियानका संयोजक देबीका कुवँरले आग्रह गर्नु भएको छ ।
बेसाहालाई साहारा
बेसाहालाई साहारा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















