गोरखा / गोरखामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्यांलीका एक पुरुषको सोमबार मुत्यु भएको जिल्ला अस्पतालले जानकारी दियो ।
८३ वर्षिय पुरुष कोरोना संक्रमित देखिएपछि उनलाई एक हप्तादेखि अस्पतालको आइसियुमा उपचार गरिदै आएको थियो । उनी फोक्सोको क्यान्सरबाट पिडित थिए ।
उनको मृत्यु बिहान ७ बजेर २५ मिनेटमा भएको सुचना अधिकारी कृष्ण ढकालले बताए ।





















