काठमाडौँ / जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंबाट बाहिरिनका लागि नयाँ व्यवस्थाका लागू गरेको छ । काठमाडौंबाट बाहिरिन सवारी पास लिन निवेदकले नयाँ ढाँचा अनुसारको निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
सवारी पासका लागि दिने निवेदनको ढाँचामा यात्रुले आफ्नो नाम, उमेर, स्थायी ठेगाना, सम्पर्क नम्बर, जाने ठाउँ, जाने मिति, सवारी धनीको नाम, चालकको नाम लगायतका विवरण उल्लेख गर्नुपर्ने हुन्छ ।
निवदेनसँग निवेदकले स्थानीय तहको सिफारिस वा यात्रा प्रयोजनका लागि खुल्ने कागजातको फोटोकपी पनि सामेल गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र कार्यालयले उपत्यका बाहिर जाने सवारी पास जारी गर्ने जनाएको छ ।





















