मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ ) यो साता तपाईंको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ । आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यर्थको कार्यमा आफ्नो उर्जा,समय र पैसाको खर्च हुनसक्छ। घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।
बृष (इ,उ,ए,ओ ,बा,बि,बु,बे,बो ) व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला,उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। यो साता स्त्रीबाट पनि सहयोग मिल्न सक्छ भने स्त्री भए पुरूषबाट सहयोग मिल्न सक्छ। सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) कार्यसिद्धि होला,मानसम्मानमा वृद्धि होला।स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारीबाट पनि साथ र हेोसला मिल्ला। तपाईंको कार्यको तारिफ हुनसक्छ। यो साता बजार घुम्ने अवसर मिल्नेछ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । धर्म,कर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो ) चन्द्रमा प्रकाशवान् भएर तपाईंको नवम भावको गोचरमा रहेको छ।तपाईंको लामो दूरीको यात्रा सफल रहनेछ । यो साता भाग्यले साथ दिनेछ।यो अवधीमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ।तपाईंको कार्यसिद्धि हुनेछ।उक्त अवधीमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) स्वास्थ्यको ख्याल राख्नुहोला । यो साता मन अशान्त रहनेछ। कष्ट,रोग,घाटा,आकस्मिक संकट आदिको भय रहन्छ।मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) व्यापार व्यवसायमा सन्तुष्टिजनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। यो साता स्वास्थ्यले साथ देला। अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।
तुला (रा,रि,रू,रे,रो,ता,ती,तु,ते) मन प्रसन्न रहला। धन र स्वास्थ्यलाभको साथै सुख प्राप्त होला। यो साता शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समयमा व्यायमा वृद्धि हुनसक्छ।मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।
वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु) पढाइमा तथा प्रेममा सफलता ,मन प्रसन्न रहला। रचनात्मक तथा कलाकारितामा मन जाला सन्तानबाट सन्तुष्टि प्राप्त होला। यो साता कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।
धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) तपाईँको मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला।यात्राको सम्भावना पनि रहला। यो अवधीभरी कसैसँग विवाद तथा झगडा नगर्नुहोला। यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) सुख र धनको प्राप्ति हुनेछ।नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला।स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। यो साता पराक्रममा वृद्धि होला , रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) यो साता पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । छोटो दूरीको सुखद यात्रा हुनसक्छ। तपाईंको द्वितीय भावमा प्रकाशवान् चन्द्रमा गोचरमा छ। तपाईंको बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ।उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) यो साता सुख र आनन्द प्राप्त हुनेछ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला बस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला।





















