भरतपुर महानगरपालिका ७ कृष्णपुर चितवनमा विभिन्न फूलको व्यवसाय गदै आउनु भएका यूवा पुष्ष व्यवसायी सुजाता देवकोटा विगत चार बर्षदेखि चितवनको भरतपुरमा रहेर पुष्प व्यवसाय गर्दै आउनुभएको छ । उहाँले पछिल्लो समय यूवाहरुको आकर्षण बैदेशिक रोजगारी हुदै गएको अबस्थामा यहि बसेर केहि गर्न सकिन्छ भन्ने एक उदाहरणीय बन्नु भएको छ । यसै विषयमा जनआवाज अनआइनसँग कुराकानी गरेको केही अंश .
१. प्रश्न: सुजाता जी नमस्कार ।
उत्तर – नमस्कार ,
२ .प्रश्न: सुजाता जी हजुरलाई जनआवाज अनआइनको विशेष कुराकानीमा स्वागत छ ?
उत्तर – धन्यवाद,
३.प्रश्न: फूलहरुको पर्व तिहार नजिकिदै जादाँ एक यूवा पुष्ष व्यवसायिको रुपमा हजुरको दैनिकी कसरी चलिरहेको छ ?
उत्तर- फूल सौन्दर्यताको प्रतीक मात्र नभएर हामी नेपालीहरुको धर्म र आस्थाको वस्तु पनि हो । यसर्थ नेपाली हरुको महत्त्वपूर्ण चाड तिहार आउँदै गर्दा व्यस्तता अझै धेरै बढेको छ । यसो त दैनिकी संधै नै फूलबारी र फूल संग भलाकुसारी गरेरै बित्छन् तर यो समयमा हाम्रो आत्मीयता अझै बढेको छ ।
४ .प्रश्नः तपाइले फूल खेति गर्न थाल्नु भएको कति समय भयो अनि अहिले कुन कुन जातको फूल खेति गर्दै हुनुहुन्छ ?
उत्तर – मैले यो फूलको व्यवसाय शुरु गरेको चार वर्ष भयो । अहिले विभिन्न अरु indoor/ outdoor का फल तथा फूल हरु छन् तर खेती भने सयपत्रीको मात्रै हो । हामी सयपत्री वर्ष भरि नै उत्पादन गर्छौ ।
५ . प्रश्नः हजुरले फूल बेचेर कहिलेदेखि आम्दानी गर्दै गर्न भएको हो ?
उत्तर – मैले चार वर्ष अघि 14 February 2016 को दिन बेचेर पुष्प व्यवसायको शुरुवात गरेको हो । सोही वर्ष देखिनै कल्कतिया जातको सयपत्रीको खेती पनि शुरु भएको हो ।
६. प्रश्नः हजुरको विचारमा नेपालको पुष्प बजार कस्तो छ ? कत्तिको सम्भावना छ ?
उत्तर – अहिले सम्म पनि नेपाली समाजमा “फूल पनि किनेर लगाउने होर ?” भन्ने सोच हावी भएको पाइन्छ तर यो सोच युवाहरुमा बिस्तारै परिवर्तन हुदै गएको छ । नयाँ प्रविधि अपनाउन सके सम्भावना राम्रो छ ।
७. प्रश्न: के पुष्ष व्यवसाय गरेर जिवनयापन गर्न सकिन्छ ?
उत्तर – जीवनयापन गर्न सकिन्छ र सकिन्न भन्दा पनि आफू कस्तो खालको जीवन चलाउन चाहान्छु भन्ने कुरा हो । जुन कुनै व्यवसायमा पनि जोखिम हुन्छ , सजक भएर काम गर्न सके र रिसर्च गर्न सके पुष्ष व्यवसाय राम्रो व्यवसाय हो । अर्को कुरा लगानी कस्ले , कसरी गर्छ भन्ने कुराले पनि उसको जीवनयापन कस्तो हुन्छ भनेर निर्धारण गर्दछ । जुनसुकै व्यवसायले पनि कसैको अनुभव कसैको लागि उर्जा बन्न सक्छ ।
८ .प्रश्नः फूलको व्यवसाय कसरी गर्न सकिन्छ अनि कति लगानी लाग्छ ?
उत्तर – सर्वप्रथम त आफूलाई के कुरामा रुचि छ भन्ने कुरा पत्ता लगाउनु पर्यो । आफ्नो रुचि भएको कुरा लाई पैसामा कसरी परिणत गर्न सकिन्छ भन्ने कुरा सधै दिमागमा नै भैरहनु पर्दछ । आफू संग कति लगानी गर्न सक्ने पुँजी छ यसबारे पनि सोच्नु पर्यो । सबैभन्दा ठूलो कुरा मार्केट रिसर्च नै हो चाहे existing मार्केट रोज्नुस् या completely नयाँ ।
९. प्रश्न: अन्तमा ,हजुर जस्तै युवा जो आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोचमा हुनुहुन्छ उहाँहरुलाई के भन्नुहुन्छ ?
उत्तर – राजनीतिक अस्थिरता देशमा हुदाँ र विकासले कछुवाको चालमा पनि पाइला नचाल्दा यूवाहरु विदेश पलायन हुनु स्वभाविक हो तर यसो भन्दै सबै विदेशीने हो भने भविष्यमा देश विदेशीको हातमा नजाला भन्न सकिन्न । जसरी आफ्नो बुवा गरीब छन् भनेर सन्तान अरुको बुवाको घरमा आश्रय लिएर बस्दैनन् बरु कालान्तरमा आफ्नो घर सम्पन्न बनाउन लागि पर्छन् त्यसै गरि देश छोड्नु भन्दा बनाउन लागि पर्नु बुद्धिमान हुन्छ ।





















