जिवन केको लागि
यदि यो जीवनले कसैको
मुहारमा खुसी छर्न सक्दैन
भने जिउनु केको लागि
कसै भोकाको भोक मेटाउन
सक्दैन भने, कुनै नाङ्गाको हर
ढाक्न सक्दैन भने
जिउनु केको लागि
जिवन हुँदा बाडेर खान
नसक्ने, मृत्यु पश्चात सँगै
लान नसक्ने कुराको
मोह केको लागि
सबैले खाने उहि रहन
सहन उहि पिडामा दुख
उहि फेरी पनि
भेदभाव केको लागि
गल्ति नै सिक हो भनि
आफुलाई सुधार्न
नसक्ने जिन्दगी
आखिर केको लागि
आफ्नो लागि त हर
कोही जिउँछ अरुको लागि
जिउन सकिएन भने
जिवन केका लागि
मनमा दया मायाँ करुणा
छैन भने,आखिर
देखावटी श्रृङ्गार अनि
सुन्दरता केका लागी
✍सामान्य मान्छे





















