काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री चित्रबहादुर केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका छन् ।
केही दिन अघिबाट निमोनियाले ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । हाल केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । साथै उनको सम्पूर्ण उपचार खर्च बेहोर्ने सरकारले निर्णय गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्।





















