सन् २०१९ को अन्य देखि चाईना वा चिन भन्ने देशवाट फैलिएको कोरोना अर्थात कोभिड–१९ ले सन् २०२० सम्म आई पुग्दा विश्व र विश्व मानवलाई आतंकित अनि त्रसित वनाएको छ ।
महामारीको रुप लिए संगै कोरोनावाट विश्वका करोडांै विश्व मानव संक्रमित भएका छन् भने लाखौंले अकल्पनिय रुपमा ज्यान गुमाई सकेका छन् । यो त्रासादीपूर्ण काला दिनहरुको अन्त हुने लक्षण पनि अफै देखिदैन । हामी विश्व मानवका मानसपटलमा यस्ता शुक्ष्म जिवाणुले पनि संसारलाई आपतकालीन अवस्था सिर्जना गर्छ भनेर सोचेका पनि थिएनौं ।
तथापी कोरोनाको न्यूनीकरणका लागि विश्व मानवले अवलम्वन गरेका सरसफाईका उपायहरुको परिणाम हरेक वर्ष समुदायमा हुने सरुवा रोगहरुमा भने कमी आएका छन् । विश्व वजारमा भएको लकडाउनको परिणाम वातावरण सुद्धता आएको पनि तथ्यांकहरुले देखाएका छन् ।
संसारभरीनै फैलिरहेकोे यो कोरोना माहामारीले सवै क्षेत्रलाई नै नराम्रो असर पारेको छ । विश्वका अर्थतन्त्र, शैक्षिक, पर्यटन, व्यापार, व्यवसाय, उध्योग लगाएत सम्पूर्ण क्षेत्रलाई नै दिर्घकालिन असर पारेको छ । विगत वर्ष देखि संसारलाई नै त्रसित वनाएको कोरोनाले सवैको जीवनशैलीमा अकल्पनिय भयावहको अवस्था श्रृजना गरेको छ ।
कोरोनाको भ्याक्सीन आएपछि पनि अहिलेको भयावहको अवस्था संहालेर सामान्य अवस्थामा र्फकन धेरै समय लाग्नेछ । नेपालको सन्दर्भमा उपलव्ध आयुर्वेदिक औषधी र विज्ञहरुलाई उच्च सम्मान, सदुपयोग र मान्यता दिन पनि जरुली देखिन्छ ।
कोभिड–१९ अर्थात कोरानाको कारणले करोडौंको रोजगार गुमेको छ भने कयौं व्यक्तिका परिवारमा आर्थीक अवस्थाको कारणले भोकमरी श्रृजना भएको छ । वैदेशिक रोजगार नै गंभिर अवस्थाको धरापमा परेको छ । शिक्षावाट वंन्चित रहेका करोडौं विध्यार्थिका मनमस्तिष्कमा नकरात्मक असर परेको छ ।
दैनिक ज्याला मजदुरी गरेर जीविका आर्जन गर्दै आएकाहरुलाई आफ्ना लालावाला अर्थात सन्तानलाई एक छाक खुवाउन समेत हम्मे हम्मे परेको छ भने कयौं विश्व मानवको भोकमरी र कुपोषणको कारणले कोभिड–१९ अर्थात कोरानो लगाएतका रोगवाट पनि मृत्युवरण गर्न परेको दुखद समाचार छ ।
कोरानाको माहामारीले त्रसित भएका हामी मानव जातीहरु, कहिले कोराना विरुद्ध खोप वन्ला र पहिलेको दिनचर्यामा फर्किन पाईएला भनी झिनो आशामा वसेका छौं । खोप निर्माण पनि कहाँ तेती सजिलो छ र ? विभिन्न तह पार हुँदै जनावरमा परिक्षण सफल भएपछि मात्र कोराना विरुद्धको खोप उपभोगमा ल्याउन सकिन्छ ।
कयौं राष्ट्रहरु, अनुसन्धानकर्ताहरु, वायोटेक्नोलोजिकल कम्पनीहरु, विभिन्न स्वाथ्य संगठनहरु आदि दिन रात खोप निर्माण र विकासमा खटिरहेका छन् । तवसम्मको लागि सचेत रही सामाजिक दुरी कायम गरी व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै कोरोनाको विरुद्धको सफल हुने लडाई हो ।
अहिलेको यो समय जुन सिजनमा वर्षेनी सिजनल फ्लूवाट हामी सयौं मानिसहरु विरामीवाट ग्रसित भएका हुन्थेंउ । तर अहिले कोरोनाबाट त्रसित हामी मानवजाती यसको आक्रमणबाट सरक्षीत रहन आफु आफैमा सचेत रही आफ्नो व्यक्तिगत सरसफाईमा पहिलेभन्दा वढि ध्यान दिए संगै अरु रोगवाट पनि पोहोर पोहोर अर्थात गतवर्ष जस्तै धेरै ग्रसित हुनु परेको छैन । यसको प्रभावले गर्दा अन्य सामान्य रोगवाट विरलैले सास्ति भोग्नु परेको छ ।
समय समयामा सावुन पानीले हात धुने, सरसफाईमा ध्यान दिने, सभा सम्मेलन वा जमघटमा सकेसम्म नजाने, सामाजिक दुरी कायम गरी माक्सको उचित प्रयोग गर्ने आदि कृयाकलापले हामी सवैलाई अरु रोगको आक्रमणवाट समेत टाढा सुरक्षित राखेको छ ।
सामाजिक सचेतना होस् वा विभिन्न समाचार माध्यमवाट होस्, शहर देखि गाउँ सम्म सवै मानिसमा कोरोना रोकथामका उपायहरु अवगत भएका छन् र यसलाई अनुसरण पनि गरिएको छ । गाउँघरमा थाहानै नभएका र कतिपय थाहा हुँदा हुदै पनि प्रगोगमा नल्यायका जडिवुटीहरु अहिले यो कोरानाको महामारी संगै सवैमा चिर परिचित भई रहेका छन् ।
जडिवुटीको प्रयोगले रोग प्रतिरोधात्मक शक्ति वढाउँदा कोरोनाले आफूलाई आक्रमण गर्न नसक्ने विज्ञ र अनुसन्धानकर्ताहरुले दिएका सुझाव संगै हामी नेपालीहरु विभिन्न घर खेतमा पाईने जडिवुटी तिर चासो देखाउन थालेका छौं ।
गुर्जो अहिले सवैभन्दा उपभोगमा आएको जडिवुटी हो । गाउँघरमा प्रयाप्त मात्रामा पाईएता पनि यसको चिनारी र महत्वको वारेमा विरलैलाई मात्र थाहा थियो होला । आयुर्वेद र विभिन्न क्षेत्रमा यसको धेरै नै अनुसन्धान भएको भएता पनि यो हामी धेरै माझ नै अनविज्ञ थियो । कोरोनाको कहरमा रोग प्रतिरोधात्मक शक्ति वढाउने आकलन संगै अहिले यस लहराले राम्रो चिनारी, प्रयोग र वजार मूल्य पाई राखेको छ ।
वेसार हामी सवैको भान्सामा प्रयोग हुदै आएको एकदमै प्रचलीत नाम हो । दिनहुँ प्रयोग हुँदै आई रहेको यो जडिवुटी अहिलेको समयमा झन वढि नै सेवन गरिएको छ । गाउँघर तिर तातो वेसार पानी खाँदा कोरोना भाग्छ भन्ने मानसपटलमा परेको छ र यस्ता आदि ईत्यादि जडिवुटीको दिनहुँ सेवनले रोगलाई हराउन सक्छु भन्ने मनोवल वढेको पाईन्छ ।
रोग न्यूनिकरणमा व्यक्तिगत सरसफाई कति अपरिहार्य रहेछ भन्ने अहिलेको यो समयवाट पनि अडकल लगाउन सकिन्छ । चाडवाडको सिजन सुरु भएको छ । सामाजिक दुरी कायम गरी माक्सको उचित प्रयोग, सावुन पानि र सेनिटाईजरको प्रयोग गरि उच्च मनोवलको साथ रमाईलो गरौं । सुरक्षित भई आ–आफ्नो परिवार संग चाडवाड मनाऔं ।
जावो एउटा भाईरस नै हो भनेर लापरवाही नगरौं । पौष्टिकयुक्त खाना र जडिवुटीको सेवन गरी रोग प्रतिरोधात्मक क्षमता वढाउँदै कोरोनाको यो महामारी विरुद्ध हामी सवै वलियो भएर जुटौं । हामीेले विश्वव्यापी यो कोरोना कहरवाट मुक्ति पाउँन सचेतना र सावधानी आवश्यक छ ।
( लेखक सविना भण्डारी जैविक प्रविधि केन्द्रिय विभाग, किर्तीपुरबाट स्नाकोत्तर उत्तिर्ण वायोटेक्नोलोजिष्ट हुनुहुन्छ ।)





















