काठमाडौं / पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ ।
होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा उनीहरु दुबै जनामा पुन दोस्रो पटक पोजिटिभ आएको हो। पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराएका थिए।
उनले फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै ! लडाइॅ केही लामै होला जस्तो पो छ त !’





















