चितवन / नेपाल बार एशोसिएसन चितवन शाखाको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनमा उपाध्यक्ष बाहेक सवै पदमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए) ले समूहका निर्वाचित भएका छन् । आज सम्पन्न चुनावमा कुल १९८ सदस्य भए पनि १९० मत खसेको थियो ।
१९० मत खसेकोमा पिएलए तर्फका अध्यक्ष रामकृष्ण अधिकारीले १०७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी डिएलएका डा. हरिहर पोखरेलले ८० मत प्राप्त गरी पराजित हुनुभएको छ ।
उपाध्यक्षमा भने डिएलएका मुन्ना विक्रम खाती ९७ मतले निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी पिएलएका उपाध्यक्ष रामचन्द्र देवकोटाले ८० मत प्राप्त गर्नुभइ पराजित हुनुभयो । प्यानलका उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षदमा भने डिएलएका निर्वाचित भएका छन् ।
यो वाहेक अन्य सवै पदमा पिएलएका निर्वाचित भएका छन् । सचिवमा विनोद मिश्र ९९ मत सहित, कोषाध्यक्षमा बद्रीनाथ पण्डित ९८ , सहसचिवमा शोभा भट्टराई १०६ मत सहित निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा कुलचन्द्र खनाल १०० मत, जनकराम पौडेल ९८, रामनाथ घिमिरे ९१, कृष्णप्रसाद पन्त ९६, अजयकुमार तामाङ ९६, विकास गुरुङ १०४, सपि मिया ८२ र डिएलकी तृष्णा न्यौपाने १०१ मत सहित निर्वाचित हुनुभएको छ । पिएलएबाट महिला सदस्यकी उम्मेदवार कल्पना लोहनी ८२ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
केन्द्रीय पार्षदमा टेकनाथ अधिकारी १०२ मत, शिवराम महतो ९७, नुनराज सिलवाल ११२, पासाङ लामा १००, वामदेव अधिकारी १०६, जीवनज्योति विश्वकर्मा ९१, नारायण गिरी ८९ र डिएलएका गोमा न्यौपाने भण्डारी ९१ मत ल्याई निर्वाचित हुनुभयो । तर पार्षदका पिएलएतर्फबाट उम्मेदवार रहेका तुलसीराम पाण्डे भने ८७ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
पराजित भएका बृहत लोकतान्त्रिक कानुन व्यवसायी समुह (डिएलए) प्यानलका सचिवका उम्मेदवार श्रीराम दवाडीको ८२ मत , कोषाध्यक्ष बलराम पौडेलको ८६ र सहसचिवमा पृथ्वीदेवी सुवेदीको ८७ मत आएको थियो ।
सदस्यहरुका उम्मेदवार रहेका शेखरनाथ पोखरेलको ७६, हरिहर दवाडी ८४, वासुदेव आचार्य ६७, सुरेन्द्रराज सुवेदी ८२, प्रेमकुमार श्रेष्ठ ७८, तीर्थराज पोखरेल ८९ , विष्णुहरि कोइरालाको ७० मात्र मत आएको थियो ।
केन्द्रीय पार्षदका उम्मेदवार हिरादत्त तिवारी ८५, गोविन्द गौतम ७१ , दिवाकर भुषाल ८०, रामचन्द्र भट्ट ८३, लोकनाथ शर्मा ७२, पदमकुमार श्रेष्ठ ७६, पूर्णचन्द्र चापागाई ८७ मत प्राप्त गरी पराजित भएका छन् ।

उपाध्यक्ष पदमा बृहत लोकतान्त्रिक कानुन व्यवसायी समुह (डिएलए ) का मुन्ना विक्रम खाती निर्वाचित हुनुभएको छ । पिएलएका रामचन्द्र देवकोटा भने पराजित हुनुभएको छ । उहाँ बाहेक अन्य सवै पदमा पिएलएकै निर्वाचित भएका हुन ।
जसमा सचिवमा विनोद मिश्र, कोषाध्यक्षमा बद्रीनाथ पण्डित , सहसचिवमा शोभा भट्टराई ,सदस्यहरुमा कुलचन्द्र खनाल, जनकराम पौडेल, रामनाथ घिमिरे, कृष्णप्रसाद पन्त, अजयकुमार तामाङ, विकास गुरुङ, सपि मिया र कल्पना लोहनी निर्वाचित हुनुभएको छ ।
केन्द्रीय पार्षदमा टेकनाथ अधिकारी, तुलसीराम पाण्डे, शिवराम महतो, नुनराज सिलवाल, , वामदेव अधिकारी, जीवनज्योति विश्वकर्मा, पासाङ लामा र नारायण गिरी निर्वाचित हुनुभयो ।






















