काठमाडाैं/ कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ।
हास्यव्यङ्ग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेल निकट टंकराज आचार्यका अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो ।
उनलाई लक्षण सहितको कोरोना पुष्टि भएको बताइएकाे छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।





















