चितवन / माडी नगरपालिका वडा नं. ५ वडा कार्यालय भवनको निर्माण शिलान्यास भएको छ । आज बिहीबार बिहान एक संक्षिप्त कार्यक्रम बिच माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले भवन निर्माणको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख ढकालसंगै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, वडाध्यक्ष रामबन्धु पोखरेल र स्थाथीय सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
हाल भाडाको घरमा सञ्चालन हुँदै आएको सो वडा कार्यालय कोटी होम नजिकैको सार्वजनिक जमीनमा निर्माण हुन लागेको छ। जिल्ला समन्वय समितिको ६० प्रतिशत र माडी नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा करीब ४८ लाखको बजेटमा वडा कार्यालय भवनको निर्माण सुरु भएको वडाध्यक्ष पोखरेलले बताउनुभयो। करीब ३ महिनामै भवन निर्माण सक्ने निर्माण पक्षको भनाई छ ।
यसै बिच, भाडाकै घरमा सञ्चालनमा रहेको माडी ९ को वडा कार्यालय भवनको निर्माण सुरुवात भइसकेको हो। अब माडी नगरपालिका वडा नं. १ को वडा कार्यालय भवन निर्माण बाँकी रहेको पनि उहांको भनाई छ । सो वडा कार्यालय माडी वडा नं. २ को वडा कार्यालय भवन बाटै संयुक्त रुपमा सञ्चालनमा रहको छ ।





















