गोरखा / आज गोरखाका प्रजिअ सहित ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई गरी ३२ जनामा कोरोना संक्रमण भएको छ । ४४ वर्षका प्रजिअ दम्पत्तिमा संक्रमण पुष्टि भएको पोखरा स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यसै गरि गोरखा नगरपालिकामा १० जना, पालुङटार नगरपालिकामा सात जना, शहित लखन गाउँपालिकामा चार जना, अजिरकोट गाउँपालिकामा सात जना,आरुघाट गाउँपालिकामा एक जना र आँपपिपल अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको हो ।





















