काठमाडौं / कोरोना संक्रमणबाट काभ्रेका पत्रकार विष्णु प्रसाद चौलागाईँको निधन भएको छ। ब्रोनक्राइटिसबाट पीडित चौलागाईँको निधन भएको काभ्रे पोष्टका पत्रकार दीपक प्रसाद चौलागाईंले जानकारी दिए।
काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको शुक्रबार बिहान निधन भएको हो। उनी गत असोज २६ गते कोरोनाबाट संक्रमित भएका थिए।
त्यसपछि चौलागाईँ होम आइसोलेसन बसेका थिए। ज्वरो बढेपछि उनलाई कात्तिक १ गते उपचारका लागि काठमाडौँको ओम अस्पताल भर्ना गरिएको थियो।





















