काठमाण्डौं / पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै एवम् शुभ – दिपावलि नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गर्ने क्रम वढिरहेको छ ।
यसै विच लोकप्रिय गायिका सम्झना भण्डारी र गायक पुरुषोत्तम पौडेलको आवाजमा तिहार विशेष गीत ‘भैलिको आशिष’ भखरै सार्वजनिक भएको छ ।
नेपालीहरूको महान पर्व विजयादशमी भर्खर मात्र सकिएको छ । । यो सँगै नेपालीहरूको अर्को महान पर्व शुभ दीपावली आउँदैछ शुभदिपावलीमा देवसी भैलो खेलेर रमाइलो गर्ने चलन छ । यही चाडलाई मध्यनजर गर्दै पौडेलले तिहार विशेष गित सार्वजनिक गरेका हुन् । गीतलाई शिव पौडेलले शब्द सिर्जना गरेका हुन् भने गायक स्वयंले लय सिर्जना गरेका छन्।
निर्देशक कपिल लामाको निर्देशन रहेको सो गीतको भिडियोलाई दिपक गिरीले खिचेका हुन् भने, शिव पौडेलले सम्पादन गरेका हुन् । सो गीतलाई गायक पौडेलकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत निकै नै उत्कुष्ट बनेको छ ।
अडियो भिडियो दुबै हेर्न र सुन्न लायकको बनेको छ । उक्त गीतमा कलाकार ओबि रायमाझी, सारिका केसी, लोमस शर्मा र अनुपा अधिकारीले फिचर गरेका छन् ।गीत सार्वजनिक भएको छोटो समयमै धेरैको मन जित्न भइसकेको छ ।
हेर्नुस् गितको पुरा भिडियो –





















