काठमाडौं / सरकारले अब हप्ताको दुई दिन मात्रै कोरोना भाइरसको संक्रमण बारे प्रेस ब्रिफिङ गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोना बारे ब्रिफिङ गरिने जानकारी दिएका छन्।
अब अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए।
दशैंका लागि उक्त ब्रिफिङ ५ दिन सम्म स्थगित गरिएको थियो।





















