काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर थप २८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। यस सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। त्यस्तै हाल सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक जानकारीअनुसार आज देशभर ३३ सय ३६ सय संक्रमित कोरोनामुक्त भएका छन्। यस सँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख ११ हजार ६७० छ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन्। संक्रमितमा ६ सय २९ महिला र ९ सय ६ पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आइतबार काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ कोरोाना थपिएका हुन्।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ।
यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार कोरोना संक्रमणले १३ जनाको मृत्यु भएको थियो।





















