काठमाण्डौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्सा घटनाको विषयमा यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीसमक्ष यस्तो माग गरेका हुन्। प्रवक्ता शर्माले कार्यकर्ता हत्याको जाहेरी नबुझ्ने सरकारबाट कानुनी राज्यको अपेक्षा गर्न नसकिने भन्दै प्रश्न गरेका छन्।
‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं?’, शर्माले प्रश्न गर्दै भनेका छन्, ‘पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं।’





















