काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोना सम्बन्धी जानकारी मूलक मिडिया ब्रिफिङ भोलि(फूलपाति) देखि नहुने भएको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले बताएअनुसार दसैं बिदा पर्न गएकाले भोलि शुक्रबादेखि पाँच दिनसम्म ब्रिफिङ नहुने भएको हो। तर कोरोनाबारे सबै जानकारी भने मन्त्रालयको वेभसाइट मार्फत जानकारी गराइने उनले जानकारी दिए।
आउँदो बुधबारदेखि पुन: ब्रिफिङ गरिने पनि गाैतमले जानकारी गराए।





















