काठमाडौं / ललितपुरको गोदावरी नगरपालिकाले कोरोना भाइरस संक्रमणको लक्षण देखिएका नगरबासीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको छ ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बुधबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको लक्षण देखिएकाहरुको निःशुल्क पीसीआर परीक्षण गरिने बताएका छन् ।
मेयर महर्जनका अनुसार नगरपालिका भित्रका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएमा नगरपालिकाको विपद् कोषबाट उनीहरुका लागि आनन्दवन अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गरिने छ ।
संघीय सरकार (स्वास्थ्य तथा जनसंख्या) मन्त्रालयले भने कात्तिक २ गतेदेखि लागू हुने गरी तोकिएका व्यक्ति बाहेक अन्य सर्वसाधारणको शुल्क लिएर मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ ।





















