गोरखा / कोरोना परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब फिर्ता गरेपछि उक्त स्वाब परीक्षण गर्न पोखरा स्थित प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
पोखरामा स्वाब संकलन धेरै भएको र परीक्षण ढिला हुने भएपछि स्वास्थ्य कार्यालय गोरखाले दशैँ अगाबै रिपोर्ट आउने आसमा दुई सय ३४ जनाको स्वाब टेकु पठाएको थियो ।
सरकारले सर्वसाधारण नागरिक आफैँले कोरोना उपचार खर्च ब्यहोर्नुपर्ने निर्णय गरेसँगै गोरखाबाट काठमाण्डौँ पठाएको स्वाब प्रयोगशालाले लिन मानेन । प्रयोगशाला पुगेको स्वाब परीक्षण गर्न नमानेको विषयमा सामाजिक सञ्चालमा सर्वसाधारणले सरकारको निर्णय समेतलाई जोडेर नागरिक प्रति गैर जिम्मेवार बनेको भन्दै चर्को आलोचना गरेका छन् ।





















