चितवन / माडीका भलिवल खेलाडीहरुले भलिवल क्याप लगायतका खेल सामाग्री पाएका छन् ।
आज साहारा युथ कलबद्वारा आयोजित बडा दशैको शुभकामना आदानप्रदान तथा खेल सामाग्री हस्तान्तरण कार्यक्रममा माडि नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष रामबन्धु पोखरेल, नगर खेलकुद प्रशिक्षक डिलकुमारी नेपालद्वारा संयुक्तरुपमा खेलाडिहरुलाई भलिवल क्याप लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।माडी नगरपालिकाको युवा खेलकूद तथा साँस्कृतिक समितिका अध्यक्ष एवं वडाध्यक्ष रामबन्धु पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भलिवल हस्तान्तरण कार्यक्रममा अध्यक्ष पोखरेलले आफुले खेलाडीलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।
उहाँले नजिकिदै आएको बडा दशैसँगै यस्तो सहयोगी मन अझै बढदै जाने र आगामी दिनमा सबै खेलका लागि हरेक क्षेत्रमा आफुले महत्त्वपूर्ण भुमिका खेल्ने समेत प्रतिबद्दता ब्यक्त गनुभयो ।
वडादशैको अबसरमा शुभकामना मन्तब्य दिदै माडी नगरपालिकाकी खेलकुद प्रशिक्षक डिलकुमारी नेपालले बडा दशैको शुभकामना दिदै खेलाडीहरु लगायत कलबका सम्पूर्ण खेलप्रेमीलाई धन्यवाद दिनुभयो । त्यस्तै स्थानिय पबित्र बि।क।ले शुभकामना आदानप्रदानसंगै माडी साहारा क्लबका अध्यक्ष निरा थापाको सक्रियतामा माडी उपत्यकाभित्रका सबै वडाका भलिवल खेलाडीहरुलाई यसरी नै सहयोगि हातहरु अघि बढनुपर्ने बताइन ।
कार्यक्रममा युवा समाजससेवी कृष्ण बहादुर खड्का, साहारा युथ क्लबका नवीन घिमिरे, समाजसेवी एंवम् शिक्षा प्रेमि खेम नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो, भने आयोजकले भलिवल खेल सामग्री प्राप्त गरेको क्लबका प्रतिनिधीहरुले क्लबलाई सहयोग गरेकोमा सहयोगदाताहरु प्रति कृतज्ञता व्यक्त गरेका छन् ।





















