काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलका अनुसार सोमबार २ हजार ३३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ भने ४ हजार ४७० जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप १८ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले यस बारेको जानकारी दिएका हुन्।





















