काठमाडौ / हास्य कलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । पौडेलको आमाको निधनको बारेमा अर्की कलाकार दिपाश्री निरौलाले सामाजिक सञ्जालमा स्टटास लेखेकी छन् ।
पौडेलको आमाको एक सय बर्षको उमेरमा निधन भएको दिपाले उल्लेख गरेकी छन् । उनले फेसवुकमा लेखेकी छन्, १०० सम्म आमा ले सन्तान लाई माया अनि दाई ले आमा भन्न पाउनु भो , मन त भारी हुन्छ त्यो पिडा मलाई नी थाहा छ तर मनलाई बुझाउनु पर्छ दाई ।भावपूर्ण श्रद्धांजली आमा को आत्माले शान्ती पाओस त्यस्तै कलाकार पौडेलले पनि सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
उनी फेसवुकमा लेख्छन्, दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु ।
आमा, फेरीपनि मलाई माफ गर्नुहोला । १९७७ फागुन देखि २०७७ कार्तिक २ गते राती ११ वजेर ०९ मिनेट सम्म।





















