चितवन / माडि नगरपालिका खेलकुद प्रशिक्षक डिलकुमारि नेपालले माडि नगरपालिकामा रहेर विभिन्न खेलहरुको बिकासमा निरन्तर लागि रहनु भएकी कुशल पहिलो महिला प्रशिक्षक हुनुहुन्छ ।
सानै उमेर देखि खेलकुदसंगै पत्रकारिताको क्षेत्रमा ठुलो फडको मारिसकेकि उनी माडीमा नै रहेर हाल खेलाडीहरुलाई प्रशिक्षण गदै आएकि छिन्।माडि बसन्त पुर युवा कलबको सहयोगमा माडीका विभिन्न क्लबहरुलाई उनिले प्रशिक्षण दिदै आउनुभएको छ। उहाँ बिहान छ बजे देखि बेलुका छ बजे समम खेल र खेलकुदका बारेमै बढि समय दिने उहाँको भनाई छ।
खेलेर पढाइमा कुनै असर नपने झनै शारीरिक तन्दुरुस्त रहने साथै जुनसुकै काममा पनि अघि बढ्न सकिने नेपाल बताउँछिन् । बसन्तपुर युवा क्लबका अध्यक्ष पदम पन्तको सक्रियतामा माडी उपत्यका भित्रका सबै क्षेत्रमा रहेर क्रिकेटको बिकास गर्ने उदेश्यले सम्पूर्ण सामाग्री माडि नगरपालिका खेलकुद प्रशिक्षक डिलकुमारि नेपाललाई हस्तान्तरण गरिएको थियो।
साथै खेलाडी समूहहरुमा बेयाट, बल ,नेट समेत सो क्लबले हस्तान्तरण गरिएको हो ।हस्तान्तरण कार्यक्रममा माडी नगरपालिकाकी युवा तथा खेलकूद शााखा प्रमुख नेपाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।भने खेलकुद नगरपालिकाका अध्यक्ष एवं वडाध्यक्ष रामबन्धु पोखरेलको आतिथ्य रहेको थियो ।

























