चितवन / लागुऔषध ओसारपसार तथा दुरूपयोग दिवसको अवसरमा भरतपुरको चौबीस कोठीमा दीप प्रज्वलन गरिएको छ । रिकभरिङ नेपाल बागमती प्रदेशको आयोजनामा ३३ औ लागुऔषध ओसारपसार तथा दुरूपयोग दिवस ६ः३० बजे दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
रिकभरिङ नेपाल बागमती प्रदेशका संयोजक दिवाकर राज श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उहाँले लागुऔषध सेवनको कारणले विश्व भरी लाखौ मानिशहरू प्रभावित भई रहेको बताउनुभयो ।
अहिलेको अवस्थामा लागुऔषधले हजÞारौ ब्यक्तिहरूले अनाहकमा मृत्युवरण गर्न बाध्य भएका छन, यो अवस्थालाई नियंत्रण गर्न को निमित्त रोकथाम का उपाय हरू पहिल्याउन सरकार, नागरिक समाज र सरोकार वाला निकाय हरू बीच ठोस सहकार्य र समन्वय हुनु पर्ने एवं लागुऔषध विरुद्ध को जनचेतना अभियान लाई अझ ब्यापक रूप मा अघि बढ़ाउनु पर्ने मा जोड़ दिनु भयो ।
कार्यक्रममा गृह मन्त्रालय उच्च स्तरीय लागुऔषध नियंत्रण तथा समन्वय समिति का सदस्य गौरबबाबु ढकाल, रिकभरिंग नेपाल केन्द्रीय उपाध्यक्ष धुर्ब के. सी., रिकभरिंग नेपाल बाग्मती प्रदेसका उपाध्यक्ष किरन गुरुंग लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण रिकभरिंग नेपाल बाग्मतीका कार्यक्रम संयोजक मनीष न्यौपानेले गर्नु भएको थियो ।





















