चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी दिवसको अवसरमा जिल्लाका दुई जना पत्रकारलाई कदरपत्रद्वारा सम्मानित गरेको छ ।
प्रहरी अभियानमा सत्यतथ्य समाचार सम्प्रेषण गरेको भन्दै लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका एटुजेड समाचारडटकमका प्रधान सम्पादक सूर्यप्रसाद अधिकारी र चितवन स्थित सिनर्जी एफएमका स्टेशन म्यानेजर रमाकान्त पौडेल सम्मानित भएका छन ।
६५ औ प्रहरी दिवसको अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले अधिकारीलाई संयुक्त रुपमा कदरपत्र प्रदान गरेका थिए ।






















