काठमाडौं / मन्त्रिमण्डलमा हेरफेर गरेपछि पहिलोपटक बसेको क्याबिनेट बैठकले ९ सचिवको सरुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को ९ जना सचिवलाई विभिन्न मन्त्रालयमा सरुवा गरेको हो।
नयाँ मन्त्रीको सपथग्रहण भएकै दिन सरकारले सचिवहरुको सरुवा गरेको हो। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव कोइरालालाई संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै , सचिव केदार न्यौपाने उपराष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराल प्रधानमन्त्री कार्यालय ,सामान्यका सचिव सूर्यप्रसाद गौतम युवा तथा खेलकुद मन्त्रालय, खेलकुदका सचिव रामप्रसाद थपलिया सार्वजनिक खरिद अनुगमन कार्यालय, उर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की उर्जा आयोग, सिञ्चाईका सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै, सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।





















