काठमाडौँ / बैंकमा पैसा साट्न लाइनमा बसेका एक व्यक्तिले ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेका छन् ।
काठमाडौँको बानेश्वर शाखामा लाइनमा लागेका व्यक्तिले सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले बोकेको खुकुरी झिकेर उनै माथी प्रहार गरेको प्रहरीले जनाएको छ ।लाइनमा लागेको बेला केही विवाद भएपछि ति अपरिचित व्यक्तिले गार्ड माथी नै खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरी प्रमुख डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।
हातमा चोट लागेर घाइते गुरुङको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।गार्ड ढलेपछि भागेका उनको खोजी भइरहेको डीएसपी बस्नेतले बताए ।





















