जिन्दगी ! बुझ्न खोज्दा
खोज्दै सकिने खेल रहेछ
कहिले चैते खडेरी त
कहिले साउने भेल रहेछ।
हाँस्दा हाँस्दै रुनु पर्ने,रुँदा रुँदै
हाँस्नु पर्ने नाटक जस्तै रहेछ
न मोड्न सकिने,न तोड्न सकिने
समयको वेगमा चल्दो रहेछ।।
कहिले उमेरले त,कहिले रोगले
यी शरीर थाक्दै जाँदा रहेछन्
जब परिस्थिति नाजुक हुन्छन्
आफ्ना पर भाक्दै जाँदा रहेछन्।।
कसैले नाम दाम भन्दा भन्दै
जिन्दगी खुसीले जिउनै भुलेका छन्
कसैले समयको खेल नबुझ्दा
गल्ली गल्लीमा त्यसै डुलेका छन्।।
कोहि साना साना कुरामा चिन्ता
लिई त्यसै चितामा पुगी रहेका छन्
कोहि ठुला ठुला कुरालाई सामान्य
ठानी खुसीले बाँची रहेका छन्।।
तछाड मछाडको प्रतिस्पर्धामा
एक अर्कालाई पछार्न खोजी रहेछन्
सबैलाई जितेको जिन्दगीले पनि मृत्यु
सँग हार्नु पर्छ भन्ने सत्य भुली रहेका छन्।।।
🖋️देविका कुँवर ( सामान्य मान्छे )





















