काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा थप ५५४ जना संक्रमित पुष्टि भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
योसँगै कुल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आजसम्ममा ७७ जिल्लामै कोरोना संक्रमण पुगेको जानकारी दिए ।





















