बुटवल / कोरोना भाइरस ९कोभिड १९०को संक्रमणबाट रुपन्देहीका थप २ जनाको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा २ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– १० का ७९ वर्षीय पुरुष र शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुष छन् ।
शुद्धोधनका पुरुषलाई असोज १९ गते अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भेन्टिलेटरमा राखि उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या थियो ।
बुटवल उपमहानगरपालिका– १० का ७९ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । यस्तै, शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको भने शुक्रबार साँझ मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए ।
गत असोज १० गते कोरोना पुष्टि भएका बुटवल–१० का पुरुषलाई १३ दिनसम्म भेन्टिलेटरमा उपचार गरिएको थियो । उनलाई निमोनिया र मिर्गौलामा समस्या थियो ।





















