एक्कासि तिमी मसित झर्किदा अचम्म लाग्यो
तेलको पानी जस्तै गरि तर्किदा अचम्म लाग्यो ।
हराउथें सदैव म तिम्रो मायामा नशालु बनि
बेवारिसे झरि जस्तै तिमी दर्किदा अचम्म लाग्यो ।
मसँग लगाएको सबै नाता झुटो थियो भन्दै
अर्कोैको हात समाएर फर्किदा अचम्म लाग्यो ।
झुटो सपना देखायौं र दिलमा बाँस बस्यौँ
अतीत संझि छात्ति चर्किदा अचम्म लाग्यो ।।।





















