चितवन / चितवनमा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज प्रयोगशालामा आज बिहीबार गरिएको परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ४१ जना रहेका छन् भने रत्ननगर नगरपालिकाका ६ जना, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाका एक/ एक जना, कालिका नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासी पूर्वका १० जना, मकवानपुरका ६ जना, तनहुँ, बारा, सर्लाही, रौतहट, रुपन्देही, लमजुङ र धादिङका एक/ एक जनामा संक्रमण पुष्टि भएको छ ।





















