काठमाडौं / सरकारले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ।
असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गरेका हुन्।
४० लाख जनसंख्या भएको काठमाडौँमा संक्रमण बढ्यो भने संकटको अवस्था आउने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरे । उनले दसैँ नजिकै आएकोले काठमाडौँबाट गाउँ जाँदा–आउँदा कोरोना संक्रमणपनि संगै जाने भएकोले जहाँ बसेको छ त्यही दसैँ मनाउन आग्रह गरे ।
मन्त्री ज्ञवालीले यो वर्षको दशैंमा आर्शिवाद बचाउन आग्रह गरे । आर्शिवाद दिने जेष्ठ नागरिक आफन्तबाट टाढैबाट आर्शिवाद लिन र अर्को दशैंमा आर्शिवाद लिनका लागि उनीहरुलाई संक्रमणबाट जोगाउन आग्रह गरेका छन् ।





















