काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमिर का रूपमा पदभार ग्रहण गर्नुभएकोमा शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहलाई बधाई दिनुभएको छ ।
एक बधाई सन्देश पठाउनुहुँदै राष्ट्रपति भण्डारीले सन् १९७२ मा नेपाल र कुवेतबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएदेखि उत्कृष्ट सम्बन्ध रहेको औँल्याउनुभएको छ ।
साथै दुईपक्षीय सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
बधाई तथा शुभकामना सन्देश मार्फत राष्ट्रपति भण्डारीले मित्रराष्ट्र कुवेत र त्यहाँका जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।





















