काठमाडौं / पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन्। पछिल्लो केही दिन यता देशभर संक्रमित संख्या तीव्र गतिमा बढ्दै गएको छ। अहिले देशभरका क्वारेन्टाइनमा ४ हजार २२१ संक्रमित छन्।
विगत २४ घण्टामा ९ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। नेपालमा अहिलेसम्म ५६३ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। हाल देशभर सक्रिय संक्रमित संख्या २२ हजार ७ सय ९ छ। त्यस्तै, आजको पिसिआर संख्या ११ हजार ४७ रहेको पनि प्रवक्ता गौतमले जानकारी दिए।





















