चितवन / नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोक बहादुर सेडाईले डा. गोविन्द केसीको जीवन रक्षाकाे माग गर्दै सिडियाे मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरीषद कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
चिकित्सा क्षेत्रका शिक्षाको माग राख्दै अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा देशभरका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।
डा. केसीको माग पूरा गर्न दबाबका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले आइतबारदेखि दैनिक दुई घन्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका सेवा ठप्प पारेका छन्।
चिकित्सकले आफ्नो विरोध कार्यक्रमबाट पर्न जाने सम्पूर्ण असरको जिम्मेवार सरकार हुने समेत जनाएको छ।





















