चितवन / चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । सर्लाही, लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको मृत्यु भएको हो । यही असोज १५ गते अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।
उनको कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै आज आईतबार साँझ ५ः३५ बजे मृत्यु भएको कलेजका हस्पिटल डाइरेक्टर प्रा. डा. दयाराम लम्सालले जानकारी दिनुभयो । चितवनमै आज बिहान भरतपुर अस्पतालमा ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनी कालिका नगरपालिका – ७ जुटपानीका थिए ।





















