काठमाडौं / सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि इजलासको काम बन्द भएको छ।
कोरोना देखिएपछि सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए। ढकालका अनुसार एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ।
अदालतका न्यायाधीश , अधिकृत र कर्मचारीमा कोरोना देखिएको र उनीहरु आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्ती निकालेर जानकारी दिएको छ। स्रोतका अनुसार एक जना न्यायाधीशसहित परिवार नै संक्रमित छन् र दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको छ।





















