सिरहा / जर्वजस्ती करणी गरेको आरोपमा सिरहामा एक वडाध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
एक महिलाले अर्नमा गाउँपालिका १ का वडाध्यक्ष गफार मियाँ बिरुद्ध उजुरी दर्ता गराएकी हुन् । पीडित महिला व्यावसायी हुन् । उनले वडाध्यक्ष मियाँले आफुमाथि जर्वजस्ती करणी गरेको दावी गरेकी छन् ।
वडाध्यक्ष मियाँ माथि उजुरी परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले बताए । उनले भने, ‘अहिले नै धेरै कुरा बाहिर नलगौं । अनुसन्धान पछि सबै कुरा बाहिर आउनेछ ।’
आरोप लागेको विषयमा वडाध्यक्ष मियाँ सँग बुझ्दा सम्पर्क गर्दा हुन सकेन । उनी वडा कार्यालय समेत शुक्रवार गएका थिएनन् । स्रोतका अनुसार उजुरी परेपछि उनी सम्पर्क विहिन बनेका छन् ।





















