चितवन / पांचौ नगर सभा माडी नगरपालिकाले सम्पन्न गरेको छ । आगामी आर्थिक बर्ष २०७७(७८ का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट प्रस्ताव अघि सारेको छ ।यसमध्ये अन्तरसरकारी वित्तिय हस्तान्तरण अर्थात संघीय र प्रादेशिक सरकार तथा जिल्ला समन्वय समिति लगायतका निकायहरुबाट ६३ करोड ५१ लख ६८ हजार प्राप्त हुने नगरपालिकाको अपेक्षा लिएको छ। त्यसैगरी यसमा घरजग्गा रजिस्ट्रेशन शुल्कसमेत गरी कुल आन्तरिक आय २५ करोड १८ लाख ७० हजार रहने अनुमान गरिएको छ ।नगरपालिकाले नगर पूर्वाधार विकासका लागि २५ करोड २९ लाख ५ हजार रुपैंया विनियोजन प्रस्ताव गरेको छ ।
उत्पादनशील क्षेत्र अन्तरगत कृषि तथा पशु स्वास्थ्य क्षेत्रमा रु ३ करोड, विदेशबाट नेपाल आएका युवाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगाउनका लागि युवा लक्षित स्वरोजगारका लागि २ करोड ८ लाख ६५ हजार, पर्यटन र उद्योग विकासमा ८५ लाख र समग्र आर्थिक विकासमा २ करोड ९३ लाख ६५ हजार विनियोजन प्रस्ताव गरिएको छ ।त्यसैगरी शिक्षातर्फ २१ करोड ९३ लाख ९२ हजार, स्वास्थ्यतर्फ ५ करोड ११ लाख ८५ हजार, बिपन्न तथा लक्षित समुदाय अन्तरगत २ करोड ८ लाख ६५ हजार, वातावरण सरसफाई र विपद व्यवस्थापनमा १ करोड, शुसासन, सेवा प्रवाह, कार्यालय सञ्चालन र संस्थागत विकासका लागि १७ करोड ५३ लाख ५ हजार र वडास्तरीय कार्यक्रमहरुका लागि ५ करोड विनियोजन प्रस्ताव गरिएको छ ।
युवा तथा खेलकुदका लागि समेत आवश्यकता अनुसार बजेट विनियोजन गरिने नगर उपप्रमुख ताराकुमारी काजी महतोद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम प्रस्तावमा उल्लेख गरिएको छन्। माडि नगरसभाले पारित गरेपश्चात आगामी आ.व.मा सो बजेट तथा कार्यक्रम कार्यान्वयनमा आउन सक्नेछ कुरामा अघि बढेको छ ।





















