सर्लाही / सर्लाहीमा अव देखि चर्को आवाजमा डिजे साउण्ड बजाउनेलाई कार्वाही हुने भएको छ । डिजे साउण्ड सिस्टम चर्को स्वरमा संचालन गरिदा ध्वनी प्रदुशन, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र समाजिक सदभावमा प्रतिकुल प्रभाव परी विभिन्न दुर्घटनाहरु भएको तथ्यलाई मध्य नजर गरी चर्को स्वरमा डिजे साउण्ड बजाउन प्रतिबन्ध लगाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
विभिन्न सरोकारवाला व्यक्तिहरुको सर्वदलिय सर्वपक्षीय बैठक बाट जिल्ला भित्र डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । डिजे साउण्डले शान्ति सुरक्षा भंग हुने, समुदायलाई वाधा विरोध र जनस्वास्थ्यलाई खराब असर पर्ने भएकोले असोज २१ गते बुधवार देखि लागु हुने गरी डिजे साउण्डलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
स्थानिय प्रशासन ऐन २०२८बमोजिम डिजे साउण्ड सिस्टमलाई प्रतिबन्ध लगाइएको छ, डिजे साउण्ड बजाउने व्यक्तिले जिल्ला प्रशासन कार्यालय बाट जारी गरिएको सूचनाको अवज्ञा गरे डिजे साउण्ड सिस्टम जफत गरी कानून बमोजिम आवश्यक कार्वाही हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।





















